पठाओ फुड फेस्ट : जति धेरै अर्डर, उति धेरै पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2023 | 08:41:20 AM मा प्रकाशित

laxmi  sunrise bank

फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । फुड फेस्टको मुख्य नारा ‘अब भान्छामा ताल्चा लगाउँदा हुन्छ’ राखिएको कम्पनीले बताएको छ ।

‘पठाओ फुड फेस्ट २०२३’ जेठ २७ गतेदेखि असार १५ सम्म सञ्चालन हुने छ । उक्त फुड फेस्ट अहिलेसम्मकै सर्वाधिक ठूलो अनलाइन फुड डेलिभरी फेस्ट हुने कम्पनीले जनाएको छ ।

असार १ गतेसम्म आइपुग्दा उक्त फेस्टको उपभोग गर्ने ग्राहकहरु दैनिक करिब ६देखि ७ हजार रहेको पठाओका वरिष्ठ मार्केटिङ प्रबन्धक सुरक्षा हमालले बताइन् । त्यसमा ५० प्रतिशत ग्राहक दोहोर्याएर उपभोग गर्नेमा पर्दछन् । उक्त आयोजनामा विभिन्न प्रकारका खानामा छुट भएकोले दोहर्याएर आउने ग्राहकहरु बढेको हमाल बताउँछिन् ।

यस्तै ग्राहकले हरेक अर्डरमा ‘स्योरशट प्राइज’को स्क्र्याच कार्ड पाउनेछन्, जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने कम्पनीले बताएको छ । 

के­के छ अफर ?

अफरअन्तर्गत फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्रीलगायत अन्य सोच्नै नसकिने अफरहरू समेत समावेश गरिएको जनाइएको छ ।

यसबाहेक हरेक दिन फ्ल्यास सेल्स हुन्छ । जसमा सेवाग्राहीले सोच्दै नसोचेको छुट पाइने हमालले बताइन् । केही रेष्टुरेन्टको अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट उपलब्ध छ ।

हमालका अनुसार, यस फुड फेस्टमा केही रेष्टुरेन्टहरूबाट ९९९ रुपैयाँभन्दा माथिको अर्डर गर्दा सित्तैमा विशेष पेय पदार्थ पाइनेछ । यस्तै ग्राहकले हरेक अर्डरमा ‘स्योरशट प्राइज’को स्क्र्याच कार्ड पाउनेछन्, जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने कम्पनीले बताएको छ । 

पुरस्कारमा धुलिखेल जिपलाइनको एक हजार रुपैयाँको भौचर, सीजी नेटको तीन महिनाको फ्री इन्टरनेट सब्सक्रिप्सन, डिशहोम टिभीमा तीन महिना फ्री रिचार्ज, डिशहोम गो एपमा तीन महिनाका लागि फ्री सब्सक्रिप्सन जित्न सकिने छ । 

यस्तै, क्युएफएक्स मुभी बुकिङमा तथा यति एयरलायन्सको टिकट बुकिङमा पनि छुट पाउन सकिनेछ भने गीतार शपको पनि सपिङ भौचर पाउन सकिनेछ । 

अफर अबधिभर फुड अर्डर गर्ने मध्येबाट भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट निःशुल्क डेलिभरी जित्ने मौकासमेत दिने जनाएको छ ।हरेक हप्ता लक्की ड्रमा एक जनाले वानप्लस एन-­२० एसई र गीतार शपबाट गीतार जित्ने मौकासमेत रहेको छ । 

बम्पर प्राइजमा एक जनाले आईफोन १४-­प्रो जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । थप जानकारीका लागि पठाओ एप हेर्न सकिने जनाइएको छ । 

पठाओले साप्ताहिक तथा बम्पर लक्की ड्रका विजेताको घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछ । जति धेरै अर्डर ग¥यो उति नै धेरै पुरस्कारहरू जित्ने सम्भावना बढ्ने कम्पनीको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved