उद्योग विभागले पोखरामा सञ्चालित किङ्स लाउन्ज बन्द गर्न आदेश दिएको छ । काठमाडौँको दरवार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि.ले आफ्नो ट्रेडमार्क प्रयोग गरी पोखरामा किङ्स लाउन्ज सञ्चालन गरिएको भन्दै उद्योग विभागमा उजुरी दिएको थियो । उक्त उजुरीमाथि छानबिन गरेर उद्योग विभागको महानिर्देशक स्तरीय इजलासले पोखराको किङ्स लाउन्ज बन्द गर्न आदेश दिएको हो ।
विभागले पोखराको किङ्स लाउन्जलाई बन्द गर्न पत्राचार गरिसकेको छ ।
काठमाडौँको किङ्स लाउन्जले लोगो, नाम र लेबलसहितको ट्रेडमार्क चोरी गरी गैरकानूनी रुपमा पोखरामा किङ्स लाउन्ज सञ्चालन गरेको आरोप लगाउँदै विभागमा मुद्दामा हालेको थियो ।
अब पोखराको किङ्स लाउन्जले २१ दिनभित्र दाबी गर्न सक्ने ठाउँ रहेको विभागले जनाएको छ ।