अनलाइनबाटै हरेक दिन बसका ३५ हजार सिट बुकिङ गर्न सकिने ‘बस सेवा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 10:57:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइनबाट बसको टिकट बुकिङ प्लेटफर्म ‘बस सेवा’ आजबाट ९ वर्ष पूरा गरी १० वर्ष लागेको छ । ९औँ वार्षिकोत्सवसम्म आइपुग्दा बस सेवाले यात्रुको समय बचत गराउने काम त गरेकै छ, यसका अलवा केही सामाजिक उत्तरदायित्वका क्रियाकलाप पनि गरिरहेको छ ।

बसको टिकट काट्न यात्रुहरु टिकट काउण्टरमा पुगेर खचाखच लाइन बस्नुपर्ने बाध्यता देखेपछि आभजन्दा १० वर्ष अगाडी बस सेवाले अनलाइनबाट बसको टिकट काट्न मिल्ने सेवाको सुरुवात गरेको थियो । नेपाल जस्तो देशमा डिजिटल माध्यमबाट बसको टिकट बुकिङ गर्ने कुरा सुरु सुरुमा पत्याउन मुस्किलै थियो, तर विस्तारै बस सेवाले यसको सहजता र समय बचतको कुरा सिकाउँदै लग्यो, मानिसहरु पनि क्रमशः अभ्यस्त हुँदै गए ।

यसैको प्रतिफल स्वरुप आज बस सेवामा ३ सय बढी सार्वजनिक सवारीको सेवा दिने कम्पनीहरु आवद्ध भएका छन् । देशभरीका २ सय बढी रुटमा चल्ने बसहरुको टिकट बस सेवामार्फत अनलाइनबाटै बुकिङ गर्न सकिन्छ । यी ३ सय कम्पनीका २ सय बढी रुटमा चल्ने बसहरुमा ३५ हजार सिट क्षमता छ । 

‘हरेक दिन ३ सय कम्पनीका २ सय बढी रुटमा चल्ने बसका ३५ हजार सिटको टिकट बस सेवामार्फत बुकिङ गर्न सकिन्छ’ बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बिजपाटीसँग भने, ‘यसले यात्रुहरु काउण्टरमा गएर टिकट काट्न लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ, उहाँहरुको समय बचत भएको छ ।’ 

यात्रुहरुको समय बचतसँगै बस सेवाले टिकट काटेका यात्रुहरु बस कुर्नका लागि धुँवा धुलोमा सडक छेउमा उभिएर बस्न नपरोस् भनेर कलंकीमा अत्याधुनिक यात्रु प्रतिक्षालय बनाएको छ । सार्वजनिक यातायातामा यात्रा गर्ने यात्रुहरुका लागि यस्तो प्रतिक्षालय नेपालमै पहिलो पटक बस सेवाले बनाएको हो । प्रतिक्षालयमा इन्टरनेट, एसी र पिउने पानीको व्यवस्था छ । अनि बस आइसकेपछि प्रतिक्षालयमा तैनाथ बस सेवाका कर्मचारीले नै यात्रु र यात्रुका झोला गाडीसम्म पुर्याउँछन् । 

कसरी काट्ने टिकट ?

बस सेवाको मोबाइल एप्स र वेभसाइड दुवैमार्फत बसको टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्लिकेशन ‘बस सेवा’बाट टिकट काट्न सक्नेछन् । बस सेवाको मोबाईल एपमार्फत टिकट काटी ई–सेवा, खल्ती, आइएमई पे लगायतका मोबाइल वालेटसहित जुनसुकै बैंकको मोबाईल र्बैकिङ्गबाट भूक्तानी गर्न सकिन्छ । 

यसरी यात्रुलाई सहज र सरल यात्राको लागि काम गरिरहेको बस सेवाले ८० जनाभन्दा बढीलाई रोजगारी पनि दिएको छ । ९औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले केही अफर पनि सार्वजनिक गर्दैछ । टिकटमा सहुलियत र ‘क्यास ब्याक’ जस्ता केही अफरहरु आइतबार दिउँसो हुने औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्न लागिएको बस सेवाका सीईओ खनालले बिजपाटीलाई जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved