शिवम् सिमेन्ट्सले पायो 'अर्गनाइजेशनल सेल्स एक्सिलेन्स अवार्ड'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 09:39:20 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्स लिमिटेड 'अर्गनाइजेशनल सेल्स एक्सिलेन्स अवार्ड्स २०२३' बाट सम्मानित भएको छ। ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्ससमिट २०२३ मा कम्पनीले सो अवार्ड पाएको हो।

 आफ्नो उत्पादनको विक्री, बजार व्यवस्थापन तथा अन्य व्यवस्थापकिय क्षेत्रमा उत्कृष्ट कार्य गरेको तथा आफ्ना ग्राहकहरुलाई बढी भन्दा बढी सन्तुष्टी प्रदान गर्न सफल भएको, बिभिन्न सूचाकंको आधारमा अवार्ड प्राप्त भएको कम्पनीले जनाएको छ।

साथै कम्पनीका  सेल्स एण्ड मार्केटीङका भाईस प्रेसिडेन्ट  निखिल अग्रवाल इन्डीभिज्युल सेल्स एक्सिलेन्स अवार्ड्स २०२३ बाट सम्मनित भएका छन्  ।  विभिन्न सुचाकंको आधारमा आफ्नो उत्पादनलाई कुशल बजार व्यवस्थापन, विक्रि वितरणमा पुर्याएको योगदान तथा तोकीएको लक्ष्य प्राप्त गर्नमा उत्कृष्ट भुमिका निर्वाह गरेकोमा  अग्रवाल सम्मानित भएको कम्पनीले उल्लेख गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved