स्प्यारो एसएमएसको रिब्रान्डिङ, नयाँ विशेषता थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 05:26:59 PM मा प्रकाशित

laxmi  sunrise bank

स्प्यारो एसएमएसको रिब्रान्डिङ भएको छ । साथै नयाँ विशेषता पनि थप गरिएको कम्पनीले जनाएको छ ।

बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै स्प्यारो एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लाटफर्ममा जोडेको छ। यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै स्प्यारो एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।

यस विस्तारको उद्देश्य स्प्यारो एसएमएसको प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरुमाझ पुर्याउनु रहेको कम्पनीले उल्लेख गरेको छ।

रिब्रान्डिङ गर्नुको कारणबारे कम्पनीले भनेको छ 'Sparrow SMS ले १३ वर्षभन्दा लामो समयदेखि नेपालमा अग्रणी एसएमएस सेवा प्रदायकको रूपमा आफ्नो स्थान कायम राखेको छ। पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा Sparrow SMS ले विभिन्न कम्युनीकेशन च्यानलहरू एकीकृत गर्न सक्षम ईन्टरप्राईज मेसेजिङ प्लाटफर्मको आवश्यकता महशुस गर्‍यो। यस अनुभूतिले हामीलाई एक परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् ईन्टरप्राईज मेसेजिङ प्लाटफर्ममा रूपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित गर्‍यो। यस रिब्रान्डिङ पश्चात आफ्ना प्रयोगकर्ताहरू माझ आजको दिनमा आवश्यक कम्नुनिकेशनका टुलहरु मार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ। प्रविधि र सञ्चारको द्रुत-गतिगतिमा भईरहेको विकासले मानिसका आनीबानीहरुमात्रै होईन व्यवसायहरु नै परिवर्तन गरिरहेको यस समयमा व्यवसायहरुले आफूलाई समय अनुसार ढाल्न सक्नु र आफ्नो अस्तित्व बचाईराख्नु आजको अपरिहार्य आवश्यकता हो। नयाँ लुक्स र सेवाहरुले Sparrow SMS को समय अनुसार उपयुक्त र आवश्यक सेवाहरु विस्तार गर्दै, प्रयोगकर्ताको चाहना बुझ्दै नवीनतम प्रविधि भित्र्याउने र थप परिष्कृत सेवा दिने प्रतिबद्धता देखाउँछ।'

कम्पनीका अनुसार यस रिब्रान्डिङले Sparrow SMS र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरु प्रदान गर्नेछ। एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले Sparrow SMS को एक ईन्टरप्राईज मेसेजिङ कम्पनीको रूपमा भएको रुपान्तरण प्रतिबिम्बित गर्नेछ। Sparrow को नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ। साथै, नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउँछ। अपडेट गरिएका रंगहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउँछ। Sparrow SMS को इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङ पश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गर्न सक्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved