सहकारी क्षेत्रलाई समृद्धिको आधार बनाउन ‘भिजन पेपर’ बनाउँदै छौँः मन्त्री श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 03:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न भिजन पेपरको तयारी अघि बढाएको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३० औं साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने बताउँदै विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताएका हुन् । 

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तिकरणमार्फत गरीवी न्युनिकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्वपूण रहने विश्वास समेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकिकृत गर्ने, बृहद संञ्जालीकरण मार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved