फेरी सर्यो व्यवसायीको निर्वाचन, नयाँ मितिबारे गर्यो यस्तो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 06:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी फेरि सरेको छ। साउन २५ र २६ गतेलाई तय भएको निर्वाचन नयाँ मिति नतोकी फेरी सार्ने निर्णय गरिएको महासंघले जनाएको छ। 

महासंघकि अध्यक्ष भवानी रानाले सरकारले सबै कार्यक्रम गर्न दिने भनेको १५ दिनपछि महासंघको निर्वाचनको मिति तय गरिने जानकारी दिएकी छन्।

'सबै तयारी पुरा भईसकेकाले थप धेरै समय चाहिंदैन, सबै कार्यक्रम गर्न दिने निर्णय गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्न सकिन्छ, आजलाई यहि निर्णय भएको छ' उनले भनिन। 

सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपनि अर्को सूचना सार्वजनिक नभएसम्मलाई सभासम्मेलन, पार्टी, शैक्षिक सँस्था, सार्वजनिक सामुहिक कार्यक्रम तथा धार्मिक कार्यक्रम लगायतका कार्यक्रममा रोक लगाएको छ। 

यससंगै महासंघको निर्वाचन दोस्रो पटकलाई सरेको हो। गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण साउन २६ र २७ गते साधारण सभा गर्ने निर्णय गरेको थियो। महासंघको ५४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको छनौट गर्नेछ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved