प्राइम लाइफको सिनियर डिसीओमा निर्मल दाहाल नियुक्त, के उनि सीईओ बन्दैछन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 05:43:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन्। कम्पनीको संचालक समितिले पहिल्यै नै सिनियर डेपुटी सीईओमा नियुक्त गरेपनि दाहालले आजदेखि जिम्मेवारी सम्हालेका हुन्। 

युकेएडको परियोजना सक्षम सकिएपछि दाहाल प्राइम लाइफ जोडिएका हुन्। त्यहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए ।   

सक्षममा झन्डै ७ बर्ष काम गरेका दाहाल त्यसअघि लक्ष्मी बैंकमा सिनियर पोजिसनमा कार्यरत थिए। दाहालले शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट आफ्नो बैकिङ करिअर शुरु गरेका हुन्।

बिजपाटीलाई प्राप्त जानकारीअनुसार दाहाल प्राईम लाइफको सीईओ हुनेगरी त्यहाँ डेपुटी सीईओमा गएका हुन। प्राइम लाइफका वर्तमान सीईओ मनोज कुमार भट्टराईको कार्यकाल आगामी असारमा सकिदैछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved