विद्युत उत्पादन कम्पनीको सीइओमा शाही नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 02:14:25 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत उत्पादन कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर शाही नियुक्त भएका छन्। कम्पनीको आज बसेको संचालक समितिको बैठकले दुल्लु-१३, दैलेखका शाहीलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओको लागि छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्र सिंह भण्डारी, बखत बहादुर शाही, रण बहादुर शाह, र राजु श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । यी मध्येबाट संचालक समितिले शाहीलाई सीइओ नियुक्त गरेको हो।

यस कम्पनीले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved