शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 11:55:35 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल चयन भएका छन् । साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा साउन २० गते बसेको संचालक समितिको बैठकले उनलाई  संचालक समिति अध्यक्ष चयन गरेको हो ।

अग्रवाल नेपाल योंङ इन्ट्रप्रेन्युयर्स फोरम (एनवाईईएफ) का संस्थापक अध्यक्ष हुन् । उनी बेलायतमा अध्ययन सकेर नेपाल फर्किएका हुन् ।

शिखर इन्स्योरेन्समा यस अघि राजेन्द्र प्रसाद श्रेष्ठ अध्यक्ष थिए । संचालक समितिले साउन २० गते उनको राजिनामा स्वीकृत गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved