नेपाल टेलिकमको संचालकमा टोकराज पाण्डे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 01:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको संचालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थ मन्त्रालयले साउन १० गते मन्त्री स्तरीय निर्णय गर्दै पाण्डेलाई टेलिकमको संचालक नियुक्त गरेको हो । उनले साउन २२ मा पद तथा गोपनियताको सपथ लिएका छन् । 

टेलिकमको संचालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था छ । सोहि अनुसार पाण्डे संचालक चयन भएका हुन् । उनी हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख हुन् । एयरपोर्ट भन्सारबाट १०० किलो सुन बाहिरिएपछि भन्सार विभागले एयरपोर्ट भन्सार कार्यलयका प्रमुखलाई हटाएर पाण्डेलाई ल्याएको थियो। 

उत्तर कुमार खत्रीको ठाउँमा पाण्डे टेलिकमको संचालक बनेका हुन् । अधिकृतमा नाम निकालेर निजामति कर्मचारी सेवा प्रवेश गरेका पाण्डे पूर्व पत्रकार समेत हुन्। कुनै बेला उनी एक राष्ट्रिय स्तरको पत्रिकामा काम गर्थे।  अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका पाण्डे लामोसमय यातायात व्यवस्था विभागको महानिर्देशक रहेर काम गरेका थिए। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved