प्राइम कमर्सियल बैंकको सीइओमा संजीव मानन्धर नियुक्त, २३ वर्षको बैंकिंङ अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 04:43:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको आज शुक्रबार बसेको संचालक समितिको बैठकले चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नवनियुक्त सीइओ मानन्धरले आज नै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले लामो समयदेखि बैंकमा आबद्ध संजीव मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।

स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए। प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved