हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 06:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०८० भाद्र १२ गते मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । 

हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३० वर्ष देखि यसै क्षेत्रमा कार्य अनुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् । 

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब बचत संकलन गरी रु. ४ अर्ब ४३ करोड लगानी गरेको छ । यो संस्था हिमालयन बैंकको सहायक कम्पनी हो ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved