सेजनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा ओली निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2023 | 11:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न २५ औँ वार्षिक साधारणसभा तथा महाधिवेशनले सुजन ओलीको नेतृत्वमा कार्यससमिति चयन गरेको हो। ओली ९९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानाले ९६ र अर्का प्रत्यासी सरु ढकालले ५६ मत प्राप्त गरेका छन्। 

सेजनको नयाँ कार्यसमितिको उपाध्यक्षमा विनय बञ्जारा, महासचिवमा विश्वास रेग्मी, सचिवमा शोभित थपलिया, कोषाध्यक्षमा अच्युत पूरी निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा केशु लामिछाने, हेमन्तराज जोशी, ममता थापा, वसन्तराज उप्रेती र छवि सापकोटा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको अवधि आगामी दुई वर्ष हुनेछ ।

फोटो साभार : सामाजिक संजाल 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved