नेपाल क्लियरिङ्ग हाउसमा संचालकमा अमित श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 05:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसमा संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् ।  नेपाल क्लियरिङ्ग हाउसको भदौ १७ गते सम्पन्न संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो।

यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त रहेको थिए । अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव रहेको छ ।  

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved