नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 07:11:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन् ।  कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आज देखि नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो । 

यस अघि उनले नेपाल एसबिआई बैंक लि.को वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए  । बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका  उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व रहेको कम्पनीले जनाएको छ। 

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलज्यूको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा आफु विश्वस्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved