एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 06:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । यस अघि उनी डेपुटी जेनेरल म्यानेजर थिए ।

वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने कम्पनीले जनाएको छ। द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएको क्यापिटलले जनाएको छ । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएको क्यापिटलले उल्लेख गरेको छ ।

लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित रहेको क्यापिटलले जनाएको छ । उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताएका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याएको कम्पनीले जनाएको छ ।

 उनको बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउने कुरामा आफु विश्वस्त रहेको क्यापिटलले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved