नेपाल बैंकको अध्यक्षमा डा. अधिकारी, बैंकले नयाँ उचाई लिने आशा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 09:48:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । असोज २ गतेको बैठकबाट उनी अध्यक्ष चयन भएका हुन् ।  नवनियुक्त अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले असोज ४ गते बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।

अध्यक्षको जिम्मेवारीमा डा. चन्द्रबहादुर अधिकारी चयन हुनु भएपछि बैंकले थप उचाइ लिने आशा बैंकले गरेको छ । उनी त्रिभुवन विश्वविद्यालयमा  २५ बर्ष प्राध्यापन गरी हालसालै अवकाश पाएका हुन् । उनको proverty Linkeages to productive efficiency and Access to Land लगायतका पुस्तकहरु प्रकाशन भएका छन् । साथै उनका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतिष्ठीत जर्नरलहरुमा अनुसन्धानात्मक लेखहरु प्रकासन भएका छन् ।  

बेलायतको युनिर्भसिटि अफ रिडिङबाट अर्थशास्त्रमा पिएचडी गरेका अधिकारीले यसअघि कृषि विकास बैंकको सञ्चालक भएर पनि ४ बर्ष काम काम गरेका थिए। बैंकिग र त्रिविमा लामो प्राध्यापन अनुभव संगालेका अधिकारीको नेतृत्वमा नेपाल बैंक पुन एउटा देशकै अब्बल बैंकको दर्जामा उक्लने आशा गरिएको बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved