ग्लोबल आईएमई क्यापिटलमा सीईओको लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 11:59:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटलले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने भएको छ । क्यापिटल सीईओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ

क्यापिटलले बिहिबार दरखास्त आह्वान गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन दिने मितिमा ५५ वर्ष ननाघेको हुनु पर्ने क्यापिटलले जनाएको छ 

 आवेदकले इकोनोमिक्स वा कमर्श वा फाइनान्स वा एकाउन्ट वा कमर्शियल कानुनमा मास्टर्स गरेको हुनु पर्ने र पुँजीबजार वा बैंकिंग क्षेत्रमा १० वर्षको अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ । सीएस, एसीसीए, सीपीए वा सीएफए गरेकालाई प्राथमिकता दिने क्यापिटलले उल्लेख गरेको छ । त्यस्तै इन्भेष्टमेन्ट बैंकिंग वा प्राइभेट इक्विटी भेन्चर क्यापिटलको क्षेत्रमा विज्ञ व्यक्तिलाई प्राथमिकता दिने क्यापिटलले जनाएको छ । 

यस अघि सीईओ रहेका पारसमणि ढकालको २ कार्यकाल सकिएपछि क्यापिटलले नयाँ सीइओको खोजि गरेको हो । 

यस्तो छ क्यापिटलको सूचना:


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved