हिमालयन रिको सीईओमा उपासना, प्राधिकरणले दियो स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 09:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेलको नियुक्तिलाई स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज पौडेलको नियुक्तिलाई स्वीकृति प्रदान गरेको हो । 

हिमालयन रिको सञ्चालक समितिको बैठकले उनलाई आइतबार सीईओमा नियुक्त गरेको थियो । सीईओ हुनुभन्दा अघि उनी सोही कम्पनीको डेपुटी सीइओ थिईन् । कम्पनीका सीइओ रहेका भारतीय नागरिक  चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि कम्पनीले डेपुटी सीइओ रहेकी उपासनालाई सीइओको जिम्मेवारी दिएको हो  । 

१० महिनाअघि मात्रै पौडेल हिमालयन रिमा डेपुटी सीईको रुपमा भित्रिएकी थिइन् । त्यसअघि उनी युनाइटेड इन्स्योरेन्सकी सीईओ थिइन् । सन् २०१९ मा युनाइटेडमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरी पौडेल अप्रिल २०२१ मा सीईओमा नियुक्त भएकी थिइन् ।

पौडेलले भारतको दिल्ली विश्व विद्यालयबाट एमबिए गरेकी छिन्। उनीसंग भारतमा बीमा क्षेत्रमा काम गरेको अनुभव समेत रहेको छ। युनाईटेडमा सीइओ नियुक्त हुँदा उनी बीमा क्षेत्रको पहिलो महिला सीइओ बनेकी थिईन्। उनी कम उमेर मै बीमा कम्पनीको सीइओ समेत बनेकी थिइन् ।  अहिले पनि उनी पुनर्बीमा क्षेत्रको पहिलो महिला सीइओ बनेकी छिन् । उनी कम उमेर मै पुनर्बीमा कम्पनीको सीइओ समेत बनेकी छिन्। उनको उमेर ३७ वर्ष रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved