लघुवित्त छाडेर लघुबीमा लागे दिलिप शर्मा, गार्डियनमा पनि विभागीय प्रमुखको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 11:11:48 PM मा प्रकाशित

laxmi sunrise bank

गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त भएका छन्। दुई दशक लामो समय लघुवित्त क्षेत्रमा विताएका शर्माले  गार्डियन माईक्रो लाईफमा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। 

शर्मा लघुवित्त क्षेत्रमा आफुलाई बलियो रुपमा स्थापित गराउन सफल लक्ष्मी लघुवित्त बित्तिय संस्थामा आफ्नो जिम्मेवारी बिट मारेर गार्डियन माईक्रो लाईफमा आबद्द भएका हुन्। लक्ष्मी लघुवित्तमा पनि शर्मा विभागीय प्रमुखको भूमिकामा थिए। 

शर्मालाई केही दिन अघिमात्रै लक्ष्मी लघुवित्तका सीईओ सुन्दरप्रसाद श्रेष्ठले बुद्धको मुर्ति दिएर संस्थाबाट बिदाइ गरेका थिए । शर्माले लघुबीमा पनि नेपालको लागि अति आवश्यक क्षेत्र भएकाले आम सर्वसाधारणलाई यसमा जोड्ने उदेश्यले माइक्रो लाइफ क्षेत्र प्रवेश गरेको बताए। 

गार्डियनमा हाल प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी छन् भने अध्यक्षमा उदिप श्रेष्ठ नियुक्ती भएका छन् । अध्यक्ष श्रेष्ठले आइतबार मात्रै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको गरेका हुन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved