राष्ट्रिय बीमा कम्पनीको सीईओ बन्न ९ जनाको आवेदन, को को छन् आकांक्षी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 05:58:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि ९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा बीमा कम्पनीहरुको पूर्व सीईओ देखि हाल कम्पनीकै डेपुटी सीईओ पनि रहेका छन् । 

कम्पनीका अनुसार सीइओको लागि राजु नाथ खनाल, सुरेन्द्र थापा, सुवास कौराला कोईरला, उज्वल राज अर्याल, नविन सुवेदी, डा. शिव हरि श्रेष्ठ, नारायण कुमार भट्टराई, वृद्ध काजी श्रेष्ठ र रामदेव यादव रहेका छन् । 

जसमध्ये खनाल नेपाल बैंकबाट अवकाश प्राप्त भएका व्यक्ति हुन । उनी नेपाल बैंकको डिजीएम भईसकेका छन् । त्यसैगरी, सुरेन्द्र थापा तत्कालीन राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) का पूर्व सहायक प्रशासक हुन् भने सुवाष कोईराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन् । उनी कम्पनीका हालका निमित्त सीईओ समेत हुन् ।

यसैगरी, उज्वलराज अर्याल नेपाल पुनर्बीमा कम्पनीका पूर्व कर्मचारी हुन् । उनी सीए समेत हुन् । नविन सुवेदी हाल यूनाईटड अजोड ईन्स्योरेन्सका डेपुटी सीईओ छन् । डा. शिव हरि श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् भने नारायण कुमार भट्टराई तत्कालीन गुराँस लाईफ ईन्स्योरेन्सका पूर्व सीईओ हुन् ।  बुद्ध काजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च तहका कर्मचारी हुन् । हाल  उनी सर्भेयर पेशामा आवद्ध छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति समितिले माघ २४ गते सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved