धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 05:26:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज फागुन ३० गतेसम्म १९ जनाको आवेदन परेको जनाइएको छ । 

आवेदन दिनेहरु मध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गर्नेछ । प्रस्तुति दिने ५ जनामध्ये ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो । 

यी हुन् आवेदक

बोर्डको अध्यक्षका लागि आवेदन दिनेमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल छन् । 

नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रबिण पन्दाकले पनि अध्यक्षको लागि आवेदन दिएका छन् । यस्तै, रघु काफ्ले र डा. केशब प्रसाद श्रेष्ठले पनि आवेदन दिएका छन् ।

आवेदन दिएका मध्ये केही नाम भने सार्वजनिक हुन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved