मे ३० देखि इंग्ल्याण्डमा सुरु हुने आईसीसी एकदिवसीय सुरु हुनु अघि आज सुरु भएको प्रतियोगिताको अभ्यास खेलको सुरुवातनै अप्रत्यासित नतिजा बाट भएको छ।
आइसीसी एकदिवसीय सुरु हुनु अघिको अभ्यास खेलमा पाकिस्तान अफगानिस्तानसंग पराजित भएको छ। ब्रिस्टोलमा सम्पन्न खेलमा टस जितेर ब्याटिंङ रोजेको पाकिस्तान अफगानिस्तानसंग ३ विकेटले पराजित भएको छ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६२ रनको योगफल तयार गरेको थियो। २६३ रनको लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। अफगानिस्तानको लागि हश्मतुल्लाह शाहिदीले सर्वाधिक अविजित ७४ रन ( १०२ बलमा ७ चौका ) बनाए।
विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले पहिलो खेल इंग्ल्याण्डसंग जुन ३ तारिकमा खेल्नेछ। अफगानिस्तानले भने पहिलो खेल जुन १ तारिकमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासंग खेल्ने छ। विश्वकपको उद्घाटन खेल मे ३० तारिकमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीच हुनेछ। बिश्वकपको फाइनल खेल जुन १४ तारिकमा लर्ड्स मैदानमा खेलिनेछ।