विश्वकप क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै भारत तेस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको हो । खेल पटक पटक बर्षाले प्रभावित भएपछि डिएल मेथडको आधारमा भारत विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनायो । भारतको लागि रोहित शर्माले सर्बाधिक १४० रन बनाए भने कप्तान विराट कोहलीले ७७ रन जोडे । त्यस्तै केएल राहुलले ५७ रन बनाए ।
डिएल मेथडको आधारमा ४० ओभरमा ३०२ रनको लक्ष्य पाएको पाकिस्तानले ६ विकेटको क्षतिमा २१२ रन मात्र जोड्न सक्यो ।
पाकिस्तानको लागि फाकर जमादले सर्बाधिक ६२ र बाबर आजमले ४८ रन बनाए । भारतको लागि विजय शंकर, हार्दिक पाण्डे, र कुलदिप यादवले समान २-२ विकेट लिए । यस जित संगै बिश्वकपमा आजसम्म खेलिएका सबै खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।
यो खेलको समाप्तिपछि भारतको ४ खेलबाट ७ अंक भएको छ भने पाकिस्तानको ५ खेलबाट ३ अंक छ । भारत अंक तालिकाको तेस्रो तथा पाकिस्तान तालिकाको ९ औ स्थानमा छ ।
यो पनि :
विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड