टुंगियो सुटकेशबाट गायब नौं किलो सुनको अनुसन्धान, शंकाको घेरामा भन्सारका 'ठुला' कर्मचारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2023 | 11:49:18 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रिय अनुसन्धान ब्युरो सीआइबिले विमानस्थलबाट गायब पारिएको नौं किलो सुनको अनुसन्धान टुङ्गो लगाएको छ। करिब दुई महिना लामो समय गरिएको अनुसन्धानको प्रतिवेदन राय सहित सरकारी वकिल कार्यलयलाई बुझाउने तयारी रहेको सीआइबिले जनाएको छ। 

आज नै सरकारी वकिल कार्यलयमा राय सहितकोअनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको सीआईबिका प्रहरी उपरिवेक्षक संजय सिंह थापाले बताए। उनकाअनुसार संगठित अपराध अनुसार अनुसन्धान अगाडी बढाईएकाले समयलाई मध्यनजर गरेर आज नै सरकारी वकिल कार्यलयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको हो। 

विमानस्थलबाट नौ किलो सुन गायब बनाएर बिक्रि गरिसकिएको यस घटनामा सीआइबिले ६ जनालाई पक्राउ गरि अनुसन्धान थालेको हो। पक्राउ पर्नेमा सुन ल्याईएको विद्युतीय सिगरेट खोतल्ने पुर्व सुरक्षागार्ड निर्मल विक, भन्सार एजेन्ट दिनेश बस्नेत, भन्सारका मुद्दा शाखाका नायब सुब्बा रेवन्त खड्का, सुन बिक्रि गर्न सघाउने साहेब राव मर्गले, सुन बेचेर आएको पैसाले जग्गा किन्दा जग्गा धनी बनेका अमृत कार्की, लुकाएर ल्याइएको सुन बिक्रि गर्नलाई मध्यस्तकर्ताको भूमिका निभाएका वेदप्रकाश अग्रवाल रहेका छन्। यस प्रकरणमा सामेल भएको पाइएका सुन जाँचकी तथा यो सुन बिक्रि गर्न मुख्य भूमिका रहेको भारतीय नागरिक नन्दकुमार पान्डरम अनुसन्धान हुनुअघि नै भारत भागेका छन्। 

विमानस्थलबाट गायब पारिएको नौ किलो सुन मध्ये एक सय ग्राम सुन बिक्रि हुन बाँकी रहंदा मात्रै सीआइबिले गिरोहमा सामेलहरुलाई पक्राउ गर्न सफल भएको हो। उक्त सुन बिक्रि गरेर आएको करिब ६ करोड पैसाबाट भन्सार एजेन्ट दिनेश बस्नेतको खातामा ८० लाख भेटिएको छ भने उनले मेडिकल व्यवसायी अमृत कार्कीको नाममा भक्तपुरको थिमिमा जग्गा पनि किनेका छन्। कार्कीको नाममा जग्गा किनेको देखिएपनि सुन गायब प्रकरणमा उनको संलगनता भेटिएको छैन। दिनेश बस्नेतले सुन बिक्रि गरेर आएको पैसा आफ्ना ससुरा रामकेशव थापा क्षेत्रीको नाममा पनि राखेको अनुसन्धानमा खुलेको छ।  

त्यस्तै ६५ लाख रुपैयाँ मुद्दा शाखाका खड्काको नाममा गएको देखिएपछि उक्त पैसा सीआइबिले कसुरजन्य सम्पती व्यवस्थापन बिभागमार्फत जफत गराइसकेको छ। विमानस्थलको सुन गायब बनाउनलाई उनलाई गिरोहमा सामेत भन्सार एजेन्ट बस्नेतले पैसा दिएको खुलेको छ। उक्त ६५ लाख मध्ये खड्काले २५ लाख साथिलाई र ४० लाख 'गलफ्रेन्ड' लाई दिएको अनुसन्धानमा खुलेको छ। 

गोदामको दुइवटा सुटकेश भित्र रहेका ७ सय ३० पिस विद्युतीय चुरोटमा सुन रहेको सुइँको पाएका पुर्व सुरक्षागार्ड निर्मल विकले पनि सुन भएको ४० पिस बिधुतिय सिगरेट गायब बनाएको अनुसन्धानमा खुलेको छ। भन्सारमा सामान चोरी गरि बिक्रि गरेको आरोपमा उनलाई त्यहाँबाट सरुवा गरिएको समेत अनुसन्धानमा भेटिएको छ। 

विमानस्थलमा जफत गरिएको दुईवटा सुटकेश भित्र रहेको बिधुतिय सिगरेटमा सुन छ भन्ने सुइँको यिनै सुरक्षागार्ड विकले पाएका थिए। विद्युतीय सिगरेटमा सुन रहेको थाहा भएपछि गोदाममा रहेको उक्त विद्युतीय सिगरेट हेरफेर गरेर सुन बाहिर ल्याइएको थियो। 

पुष १० २०७९ मा फ्लाई दुवईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हासोङ्गबाट सुन भएको विद्युतीय सिगरेटको दुइवटा सुटकेश भन्सारले नियन्त्रणमा लिएको थियो। 'आरसी ट्याग' लगाएर भन्सारमा राखिएको उक्त सुटकेश लिनलाई डेढ महिनासम्म कोहि नआएपछि सुटकेश भन्सार कार्यलयको प्रशासनिक भवनमा सारिएको थियो। त्यहाँबाट नै यो सबै प्रकरणको सुरुवात भएको थियो। 

रहस्यमै तस्करी गर्ने गिरोह 

विमानस्थलमा नियन्त्रण गरेर भन्सार कार्यलयमा ल्याइएको सुटकेशमा रहेको विद्युतीय सिगरेट हेरफेर गर्नेहरु समातिएपनि यो प्रकरण जन्माउने गिरोहबारे कुनै विषय बाहिर आएको छैन। सुटकेश ल्याउने चिनियाँ नागरिकलाई कुनै जांचबुझ बीना नै दोस्रो दिन पासपोर्ट दिएर छाडिनु र यस प्रकरणमा प्रहरी तथा भन्सारका माथिल्ला तहका कर्मचारीबारे केहि नखोजिनुले अनुसन्धान एक पक्षीय भएको आशंका उब्जिएको छ। 

सुन लुकाएर ल्याइएको सुटकेशबारे ५ महिनापछि मात्रै सीआईबिमा अनुसन्धानको लागि निबेदन पर्नुले पनि भन्सारका माथिल्लो तहका कर्मचारीमाथि आशंका उब्जिएको छ। त्यसमा पनि सुनले भरिएका सिगरेट ल्याउने ली यसअघि पनि सात पटक नेपाल आइसकेको भेटिएकाले यस अघि पनि यस्तो प्रकरण भैसकेको आशंका उब्जिएको छ।

अनुसन्धान हुनु अगाडी नै भारत भागेका सुन जाँचकी भारतीय नागरिक नन्दकुमार मर्ग पनि यसअघि सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ। यी सबै तथ्यले सीआइबिको अनुसन्धान एक पक्षीय र सानो घेरामा मात्रै भएको आशंका उब्जिएको छ। यद्दपि भन्सारका उच्च पदस्थ कर्मचारीको शंकास्पद गतिविधि भेटिएकाले दोस्रो चरणमा यसबारे अनुसन्धान हुने सीआईबि स्रोतले जनाएको छ। 

यसअघि: 

सात महिनापछि यसरी खुल्यो विद्युतीय सिगरेट 'भेप' मा ल्याइएको ९ किलो सुनको रहस्य

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved