मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट पाउने भएका छन् ।
बैंकले NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch
Company ), Bajeko Sekuwa सँग सम्झौता गरेको जनाएको छ ।
उक्त सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
साथै, बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेको छ ।
त्यस्तै, बैंकका ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।