आईपिओ निष्काशन अगाडी २५ करोड पुँजी जुटाउदै सालपा विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2021 | 01:11:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सालपा विकास बैंकले संस्थापक शेयर खरिदको लागि सर्बसाधारणलाई आह्वान नगरिएको स्पष्ट पारेको छ । सम्झौता गरेको पक्षसँग मात्र  संस्थापक शेयर वापतको रकम जम्मा गर्न आग्रह गरिएको तर आम सर्बसाधारणलाई शेयरको लागि आह्वान नगरिएको बैंकले प्रष्ट पारेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत इश्वरमन राईले बैंक यस अघि नै संस्थापक शेयरको सम्झौता गरेर पक्षलाई मात्र कबुल गरे वापतको रकम जम्मा गर्न आग्रह गरिएको बताए । यदि सम्झौता गरेका पक्षले रकम हाल्न नसक्ने भए मात्र सर्बसाधारणलाई संस्थापक शेयरको लागि आह्वान गरिने उनले बताए । बिजपाटीसँगको कुराकानीमा उनले भने 'बैंकले आम सर्वसाधारणलाई रकम हाल्नको आह्वान गरेको छैन, यदि सम्झौता गरेका पक्षले रकम जुटाउन नसकेमात्र अन्यलाई आग्रह हुन्छ' ।

उनले संस्थापक शेयरको लागि सम्झौता गरेकाहरुलाई बैंकले पत्राचार गरिसकेकोले सामाजिक संजालमा देखिएका पोस्टहरुको पछि नलाग्न समेत आग्रह गरेका छन् । उनले भने 'हामीले अहिले आम पब्लिकलाई रकमको लागि आग्रह गरेका छैनौ, सामाजिक संजालमा वा अन्य स्थानमा आएका सूचना हेरेर कसैलाई पनि रकम नदिन हामी आग्रह गर्छौ' ।

प्रमुख कार्यकारी अधिकृत राईका अनुसार हाल बैंकको चुक्ता पुँजी १० करोड छ बैंकले २५ करोड संस्थापक शेयरको लागि विभिन्न पक्षसँग सम्झौता गरिसकेको छ । सम्झौता अनुसारको रकम आएमा बैंकको चुक्ता पुँजी ३५ करोड पुग्ने छ । यदि सम्झौता अनुसारको रकम नआएमा सम्झौता गरेका भन्दा बाहेकका पक्षलाई आग्रह गरिने उनले बताए । बैंकको चुक्ता पुँजी ३५ करोड भएपछि १५ करोड बराबरको आईपिओ निष्काशन गर्ने छ । सर्बसाधारणलाई १५ करोडको आईपिओ बिक्रि गरेपछि बैंकको चुक्ता पुँजी ५० करोड पुग्ने छ । राष्ट्र बैंकको नियम अनुसार एक जिल्ले कार्यकक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेहुन्छ ।

आईपिओ कहिले ?

प्रमुख कार्यकारी अधिकृत राईका अनुसार संस्थापकहरुबाट ३५ करोड बराबरको रकम जम्मा भएपछि आईपिओ निष्काशन प्रक्रिया सुरु गरिने छ प्रक्रिया सुरु गरेको ५ देखि ६ महिनामा आईपिओ आउने उनले बताए राष्ट्र बैंकले बैंकलाई छिटो तोकिएको चुक्ता पुँजी पुर्याउनलागि दबाब दिइरहेको छ ।   

बैंकको कार्यक्षेत्र खोटांङ जिल्ला मात्र हो बैंकले खोटाङमा ३ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ नेपाल राष्ट्र बैंकले सालपलाई २०६९ सालमा लाइसेन्स दिएको हो । बैंकका अधिकांश संस्थापक शेयरधनीहरु खोटांङवासी नै छन् ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved