महालक्ष्मी विकास बैंकबाट विद्युत महशुल तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 05:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता भएको छ। बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको हो।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल  र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौता अनुसार सेवाग्राहीले मासिक रु ५००÷– रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने रु. ५०१ भन्दा माथी रु. ५,००,०००÷–सम्मको महशुल भुक्तानीमा रु पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । 

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरण बिच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

बैंकले १०३ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved