अदालतको आदेशपछि महालक्ष्मी विकास बैंकको संचालक निर्वाचन कार्यक्रम स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 10:48:48 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको आज हुने साधारणसभाले संचालकको निर्वाचन नगर्ने भएको छ । उच्च अदालतको आदेशपछि संचालक निर्वाचन चयन गर्ने प्रक्रिया नहुने भएको हो ।

बैंकको शुक्रबार बसेको संचालक समितिको आकष्मिक बैठकले साधारणसभाको एजेण्डामा रहेको संचालक निर्वाचनको कार्यक्रम अदालतको अर्को आदेश नहुँदासम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थापक समुहबाट ३ जना र सर्वसाधारण शेयरधनी समुहबाट ३ जना गरि कुल ६ जना संचालकको निर्वाचन गर्ने कार्यक्रम तय गरेको थियो । तर बैंकका शेयरधनी गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले यस विरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

अदालतले कारण देखाउ आदेश जारी गर्दै अर्को आदेश नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडी नबढाउन् आदेश दिएको हो । साथै अदालतले दुवै पक्षलाई माघ ३ गते छलफलको लागि बोलाएको छ ।

अदालतको आदेशमा भनिएको छ ' यसमा निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा विपक्षी समेतको कुरा सुनी निर्णय लिन न्यायोचित हुने देखिदा मिति २०७८/१०/०३ मा छलफल पेशी तोकि सो अवधिसम्म निवेदक प्रमोद श्रेष्ठको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६(१) (क) बमोजिमको योग्यता भएको महालक्ष्मी विकास बैंकको मिति २०७८/०९/२० को पत्रबाट देखिएकोले सो अवधिसम्म निर्वाचन कार्यक्रमको बाँकि काम कारवाही नगर्नु भनी मिति २०७८/१०/०३ सम्मको लागि विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश गरिएको छ”  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved