मुक्तिनाथ विकास बैंकद्वारा बचतकर्तालाई १० लाख बीमा रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 12:58:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका बचतकर्तालाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले ठेगाना कोहलपुर न.पा. ११ को  स्व. जय प्रकाश घर्ति को परिवारलाई बीमा दाबी भुक्तानी वापत रु १० लाख उपलब्ध गराएको हो।

निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेको  कारण उनको परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका बैंकले जनाएको छ। बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले बीमा दाबी भुक्तानी बापतको रु १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved