हिमालयन डिष्ट्रिलरीको बम्पर लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 11:24:52 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिष्ट्रिलरी लिमिटेड Himalayan Distillery Limited ले लाभांश घोषणा गरेको छ ।  कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

जस अन्सुअर कम्पनीले ५० प्रतिशत बोनस शेयर र ५२.६३ प्रतिशत (कर प्रयोजनको लागि समेत गरी) नगद गरि कुल १०२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुने छ ।

कम्पनीले पुस १ गते मंगलबार बिरगंज स्थित आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित  लाभांश पाउन सक्ने छन्  । 

कम्पनीले यस अघि जेठ ३० देखि ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश समेत वितरण गरेको थियो । कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved