'मौद्रिक नीतिले लघुवित्तको संख्या घट्दैन' लघुवित्त संघका अध्यक्ष जोशीको विश्लेषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 09:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स एसोसियसनको अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तको संख्या घटाउने गरि मौद्रिक नीति नआएको बताएका छन। पुँजी वृद्धि नीति नआएकाले प्रोत्साहनको व्यवस्थाले मात्रै लघुवित्तको संख्या घट्नेमा बिश्वास गर्न नसकिने जोशीले बताए।

मर्जरमा जाने लघुवित्तलाई लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने कर्जाको सीमा १० लाखबाट १५ लाख पुर्याइने, एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन समय थप गर्ने लगायतका सहुलियत भएपनि यसले प्रोत्साहन गर्न गाह्रो हुने जोशीले बताए। 

अहिले लघुवित्तको संख्या ९१ हाराहारीमा भएपनि पुंजी वृद्धिको नीति नहुँदा यसले संख्या नघटाउने जोशीले बताए। 'केही क्यापिटल बढाईदिएको भए त्यसले मर्जरमा जानलाई बाध्य बनाउने थियो, तर त्यस्तो केहि भएको छैन, अहिलेको मौद्रिक नीतिले लघुवित्तको संख्या घट्छ भन्नेमा बिश्वस्त छैन' जोशीले भने । 

लघुवित्तको संख्या घट्ने नीति आइदिएको भए लघुवित्त स्वस्थ भएर अघि बढ्ने थिए भन्दै जोशीले अहिलेकै अवस्थामा अब लघुवित्तको संख्या नघट्ने दाबि गरे। यद्दपी मौद्रिक नीतिमा भएको व्यवस्थाले लघुवित्तलाई लगानीको लागि स्रोत जुटाउन सहज हुने र कारोबार बढाउँनलाई सहज हुने जोशीको बिश्वास छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved