'महासंघ व्यवसायीको थलो हो, अध्यक्षको कार्यकाल १ बर्ष भए पुग्छ' उपाध्यक्ष श्रेष्ठको विश्लेषण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2019 | 10:04:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघ 'एफएनसीसीआई' मा विधान संसोधनको बिषय चर्किएको छ। शक्ति र स्वार्थ हाबी हुँदै जाँदा एफएनसीसीआई निजि क्षेत्रका व्यवसायीको हकहित भन्दा ठुला व्यवसायीको राजनीति गर्ने थलोको रुपमा देखिन थालेको छ। 

अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लड्दा हारेर ९–१० वर्षअघि बाहिरिएका चण्डीराज ढकालले बिगतमा जस्तै फेरी बिधान संसोधनको खेलमा लागेको र उनको इच्छाअनुसार वर्तमान अध्यक्ष भवानी राणा चलेको आरोप छ। 

नयाँ कार्यसमिति चयनसंगै महासंघभित्र बिधान संसोधनको बिषयले ठाउँ पाएको हो। चार वर्षअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानसहित विधान संशोधन गरिएको थियो। सो संशोधन गरेको तीन वर्ष पूरा नहुँदै पुनः विधान संशोधनको प्रस्तावले महासंघमा विवादले उग्ररुप लिएको छ।   ४ बर्षअघि वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने व्यवस्था बनाएकोमा अहिले फेरी अध्यक्षको लागि निर्वाचन हुनुपर्ने भन्ने आवाज बलियो बन्दै गएको छ। बिधान संसोधनको बिषयले महासंघ फेरी अर्को पटक गुट उपगुटमा विभाजित भएको छ।  

अहिले चण्डीराज ढकाल, भवानी राणा, रविभक्त श्रेष्ठलगायतको एउटा गुट विधान संशोधनमा सक्रिय भएका छन् भने पहिला यही गुटमा रहेका शेखर गोल्छा, पशुपति मुरारकाले आफ्नो अलग्गै गुट बनाएका छन । महासंघका उपाध्यक्ष चन्द्र ढकालभने ‘ढुलमुले’ प्रवृत्ति प्रदर्शन गरिरहेका छन् । गोल्छा समूह भने सकेसम्म विधान नै संशोधन हुन नदिने रणनीतिमा रहेको छ । विधान संशोधन भइहाले अध्यक्षको चुनाव नलड्ने, बरु महासंघ नै परित्याग गर्ने ‘मुड’मा गोल्छा र मुरारका रहेको बताइन्छ।   

यस समितिमा तत्कालीन समयमा विधान संशोधनको विरोध गरेका महासंघका वर्तमान उपाध्यक्षद्वय किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठको समेत समर्थन रहेको छ। दुवैलाई आगामी नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका आकांक्षीका रुपमा लिइएको छ। महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीबाट संचालन हुनुपर्ने भन्दै गत चैत २९ गते चण्डीराज ढकालकै संयोजकत्वमा २१ सदस्यीय बिधान संसोधन समिति समेत बनेको छ। यहि समितिमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ समेत सदस्य छन।

विधान संशोधन समितिले तीन वर्षे कार्यकाललाई दुई वर्षमा ल्याउने, वस्तुगततर्फको जिम्मेवारीलाई २० बाट वृद्धि गरी २५ प्रतिशत पु-याउने, एसोसिएटतर्फको जिम्मेवारीलाई ३० बाट घटाएर २५ प्रतिशतमा ल्याउने, केन्द्रीय समितिमै उपाध्यक्ष र जिल्ला उपाध्यक्ष भन्दै दुईवटा उपाध्यक्षको पद कायम गर्नेलगायतका विषय समेटिएको छ। बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले श्रेष्ठसंग महासंघको विद्यान संसोधनसंग केन्द्रित रहेर कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

 उपाध्यक्ष उमेशलाल श्रेष्ठ भन्छन:

अहिले अध्यक्षको कार्यकाल अति भयो। एउटा ब्यापारीलाई ३ बर्ष एउटा पदमा बस्नुपर्ने भनेको धेरै अवधि हो। काम नहुने व्यवसायीलाइ ३ बर्ष ठिकै पनि होला तर हामीजस्ता व्यवसायीलाई कार्यकाल १ बर्ष भए पुग्छ। नेतृत्त्वमा जो आएपनि एजेन्डा भनेको नेपालको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान दिएको निजि क्षेत्रलाई सरकारबाट 'रिकगनाइज' गराउने र उनीहरुको हकहितको लागि काम गर्ने हो। 

एक बर्ष कार्यकाल भयो भने न पदको लागि झगडा हुन्छ नत चुनावमा पैसाको खोलो बगाउनुपर्छ। महासंघका कार्यसमितिमा रहने पदाधिकारीको अवधि १ बर्ष र सदस्यको अवधि ३ बर्ष बनाए हुन्छ। 

बिधान संसोधन गर्नु गलत भयो तर अब सच्याउनु पर्छ 

२४-२५ महिनाअघि बिधान संसोधन भयो तर त्यो गलत भयो। जुन संस्थाको नेतृत्त्व अध्यक्ष प्रणाली छ त्यसमा वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने व्यवस्था गलत हो। तत्कालिन समयमा वरिष्ट उपाध्यक्ष अध्यक्ष बन्न पाउने गरि गरिएको भएको बिधान संसोधनमा मैले बिरोध गरेको थिए। 

त्यो बेला भएको गल्तिलाई अहिले सच्याउन लागिएको हो। त्यो बेला रोएर वरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष बन्न पाउनुपर्ने व्यवस्था माग गर्ने व्यक्ति अहिले प्राकृतिक न्याय बिपरित हुन्छ भनेर बिधान संसोधनको विपक्षमा देखिएका छन। पहिले वरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष बन्न पाउने व्यवस्था बनाउंदा त्यो बेला अरु उपाध्यक्ष अन्यायमा परेको उहाँहरुले बिर्सिनु भएको छ। 

बिधान भनेको परिवर्तित हुन्छ। यसमा कहिले कसको पक्ष कहिले कसको विपक्ष देखिन्छ। केहिले उमेशलाल नै अध्यक्ष बन्नलाई प्रत्यक्ष अध्यक्षको प्रणाली लागू गर्न चाहेको छ समेत भनेका छन। ११ बर्षअघि महासंघमा सदस्य भएको व्यक्ति अहिले उपाध्यक्ष पदमा छ भने उ भोलि अध्यक्षको दाबेदार हुन सक्छ भन्ने कुरा सामान्य र स्वाभाविक मान्नु पर्छ। 

हामि महासंघमा ७० प्रतिशत समय यस्तै गडबडमा र विवादमा बिताएका छौँ। यसले गर्दा व्यवसायीका हकहितका कुरा, मोफसलका व्यवसायीका मुद्दाका बिषयमा छलफल हुन छाडेका छन। 

मेरो चाहना महासंघ ठुलो छ भनेर धाक धक्कु लगाउने थलो नभई ठुलादेखी साना साना व्यवसायी पनि सामेल हुन सक्ने साझा थलो हुनुपर्ने हो। तर महासंघ व्यक्तिगत लाभको लागि नै पदका लागि हानथाप गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने ठाउँ बनेको छ। 

फुलटाइमर अध्यक्ष बन्छु 

म महासंघको अध्यक्ष भएभने महासंघको लागि होलटाइम दिन्छु। कार्यकालसम्म आफ्नो अफिस आउँदिन। पुरै कार्यकाल होलटाइमर अध्यक्ष बन्नेछु। एउटा व्यक्ति कार्यकर्ता बनिसकेपछि उसको लक्ष्य मन्त्री मात्र होइन प्रधानमन्त्री नै बन्ने हुन्छ। ११ बर्षअघि महासंघमा म सदस्य हुँदा कुनै रहर थिएन तर अब भने नेतृत्त्व लिएर महासंघलाई सहि ट्रयाकमा ल्याएर निजि क्षेत्रका साना साना व्यवसायीको पनि कुरा सुन्ने थलो बनाउँछु।            

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved