एक दुइटाका कारण सबै बैंक बद्नाम भए, राष्ट्र बैंकको कारबाही नीति गलत - गोल्यान, सिबिफिन अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 08:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाहरुको अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का अध्यक्ष तथा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले एक दुई बैंकको बदमासीका कारण सिङ्गो बैंकिंङ क्षेत्र नै बद्नाम भएको बताएका छन्। 

सीबीफिनले तयार गरेको तरलता अभावका कारणहरु र यसको समाधानका लागि सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा अध्यक्ष गोल्यानले यस्तो बताएका हुन्। एक दुइवटा बैंकले बदमासी गर्दा सबै बैंकहरुलाई एकै डालोमा राखेर कारबाही गर्ने राष्ट्र बैंकको नीति नै गलत भएको उनले बताए। 

उनि भन्छन्, यहाँ एक दुईवटा बैंकले बदमासी गर्छन्, त्यसलाई लिएर नियामकको भूमिकामा रहेको नेपाल राष्ट्र बैंकले सबै बैकलाई कारबाही गर्छ, त्यहि भएर यहाँ एक दुई बैंकका कारण सबै बैंकहरु बद्नाम हुनुपरेको छ।' 

यसमा नेपाल राष्ट्र बैंकले उचित र न्यायोचित नीति नियम लिनुपर्ने उनको भनाई रहेको छ। 

तरलता अभावका कारणहरुबारे बोल्दै अध्यक्ष गोल्यानले बैंकहरु धेरै नाफामुखी भए र नाफामा केन्द्रित भएर धेरै कमाए भन्ने कुरा बिल्कुलै गलत भएको बताए। बैकहरुको प्रत्येक बर्ष प्रति सेयर आम्दानी घट्दै गएको बताउदै उनले बैंकहरुको तुलनामा उद्योग व्यवसायले धेरै कमाएपनि बैंकहरु बढी पारदर्शी हुँदा उनीहरुको कमाई मात्र हेरिएको बताए। 

उनले बैंकहरुको नाफा मात्रै नभई उद्योगी व्यवसायीले गरेको आम्दानीबारे पनि अध्ययन तथा खोजमुलक समाचार लेख्नलाई कार्यक्रममा उपस्थित पत्रकारहरुलाई सुझाव दिए। 

उनले तरलता अभाव कम गर्नलाई बैंक वित्तीय संस्थाहरुले उत्पादनशिल क्षेत्रमा, कृषिमा र अन्य उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुको विकल्प नभएको बताए। 

त्यस्तै उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न तथा व्यवसायमा सहजीकरण गर्नलाई उत्पादनशिल र अनुत्पादनशिल क्षेत्रमा अलग अलग ब्याजदर कायम गर्नुपर्ने र यसका लागि नियामकको भूमिकामा रहेको नेपाल राष्ट्र बैंकको भूमिका बढी महत्त्वपूर्ण हुने अध्यक्ष गोल्यानले बताए। 

त्यस्तै उनले ओछ्यानमा भएको पैसा बैंकिंङ प्रणालीमा आउँनलाई राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने र त्यहिअनुसारको नीति नियम बनाउनुपर्ने बताए। नेपालमा साना तथा मझौला व्यवसायमा महिलाहरुको उपस्थिति धेरै भएकाले १५ लाखसम्म बैंकमा निक्षेप राख्दा उनीहरुसंग स्रोत खोज्न नहुने बताए।

त्यस्तै अहिले वित्तीय साक्षरता भन्दा पनि वित्तीय पहुँचको कुरा धेरै महत्त्वपूर्ण भएको र यसमा राष्ट्र बैंककै भूमिका उल्लेख्यनिय हुने उनले बताए। नेपालका दुर्गम क्षेत्रमा शाखा विस्तार गरेर सेवा दिंदा त्यसको लागत धेरै हुने भएकाले निर्देशित बाहेक स्वविवेकले त्यहाँ जाने अवस्था नरहेको बताउदै अध्यक्ष गोल्यानले यसमा पनि राष्ट्र बैंकको नीति नियम र सहजीकरणको भूमिका महत्त्वपूर्ण भएको उनले बताए। 

दुरदराजमा शाखा बिस्तार गर्दा लाग्ने लागतमा केहि प्रतिशत हिस्सा राष्ट्र बैंकले सब्सिडी दिनुपर्ने जस्ता सहुलियतका प्याकेज आए मात्रै वित्तीय पहुँच बढ्ने उनले बताए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved