'बालुवाटारको जग्गा किन्न पैसा ठिक्क पारेको थिएँ, तर भाग्य बलियो रहेछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 10:23:53 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायको कुरा मात्र गर्ने उद्योगी, व्यवसायीहरुमा अहिले ललिता निवास प्रकरणको चर्चा निकै बाक्लिएको छ। भेटघाट तथा छलफलमा व्यवसाय र नाफा घाटाको कुरा गर्ने उनीहरु अहिले ललिता निवास प्रकरणका विषयमा पनि मन्थन थालेका छन्। 

पटक-पटक प्रस्ताव आएकाले आफू र आफ्ना साथीहरु मिलेर बालुवाटारमा जग्गा किन्न खोजेका एक उद्योगी भन्छन्, 'भाग्य बलियो रहेछ नत्र आज हाम्रो भेट कि तपाईहरुकै मिडियामा हुन्थ्यो कि प्रहरीको खोरमा हुन्थ्यो।'

सबै व्यवसायीहरु नजिकनजिक बस्दा कुराकानी गर्न सहज हुने भन्दै आफू र आफ्ना साथीहरुले त्यहाँको जग्गा किन्नलाई पैसा समेत जुटाइसकेको तर केही कारणवश खरिद नगरिएको उनले बताए।

ललिता निवास प्रकरणबारे कुराहरु बाहिर आउँदा बल्ल आफूलाई यसबारे थाहा भएको बताउँदै उनले भने, 'लालपूर्जा भएको जमिन मालपोत कार्यालयमा कर तिरेर किन्दा पनि समातिनु परेको अवस्था छ, भाग्य बलियो भएकोले त्यो बेला जग्गा किनिएन छ।'

तर मालपोत कार्यलयमार्फत नै लालपूर्जा भएकै जमिन खरिद गर्दा सक्कली नक्कली थाहा नहुने भएकाले खरिदकर्तालाई दोषी देख्नु गलत भएको उनी बताउँछन्। उनकाअनुसार सरकारी जग्गालाई लालपूर्जा भएको हालको साबिक बनाएर मालपोत कार्यलयलाई नै गुमराहमा राख्ने काममा सरिक हुनेलाई मात्रै कारबाही गरिनुपर्ने उनको तर्क छ। 

केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवासको जग्गा खरिद गरेका उद्यमी मीनबहादुर गुरुङसहित अन्य केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीसहित अहिले २२ जना प्रहरी हिरासतमा छन् । 

उद्यमी गुरुङ जस्तै अरु दर्जन उद्योगी, व्यवसायीले पनि ललिता निवासको जग्गा किनेकाले उनीहरु विरुद्ध पनि ब्यूरोले पक्राउ पूर्जी जारी गरेको छ। यद्यपि अहिलेसम्म सिपिका खेतानबाहेक अरु उद्योगी, व्यवसायी पक्राउ परेका छैनन्।

यो पनि: 

ललिता निवास काण्डका आरोपित व्यापारी दुबई पुगे, प्रहरी अधिकारी नै चकित

ललिता निवासको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न, लालपूर्जा भएका सबै शंकास्पद ?

फेरि उप्कियो ललिता निवास प्रकरण : तत्कालिन मालपोत प्रमुखसहित थप पाँच पक्राउ

- ललिता निवास जग्गा प्रकरणमा मेरो गल्ति छैन : नेता नेपाल

- विष्णु पौडेलका छोरा ललिता निवासको जग्गा फिर्ता गर्न तयार, चलेन मुद्दा

ललिता निवास प्रकरण: थप ५८ जनाको बयान लिदै अख्तियार (सुचीसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved