दूरसञ्चार प्राधिकरणसँग अर्थले माग्यो १६ अर्ब रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 09:06:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणसँग १६ अर्ब रुपैयाँ रकम माग गरेको छ । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेकाले आर्थिक गतिविधि बन्द हुँदा सरकारको राजश्व लक्ष्यमा प्रतयक्ष असर परेपछि अर्थ मन्त्रालयले दुरसञ्चार प्राधिकरणसँग रकम मागेको हो । 

गतवर्ष पनि राजश्व लक्ष्यमा मिलान गर्न ३ अर्ब रुपैयाँ मागेको अर्थ मन्त्रालयले यसववर्ष पनि पत्राचार गरेरै १६ अर्ब रुपैयाँ मागेको प्राधिकरण स्रोतले बताएको छ । यसअघि पनि सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्राधिकरणले १५ करोड रुपैयाँ जम्मा गरिसकेको छ । 

टेलिकम कम्पनीहरुले जम्मा गरेको ग्रामीण दुरसञ्चार कोषमा २५ अर्ब रुपैयाँ छ । तर यो रकम सरकारले अन्यत्र खर्च गर्न भने नपाउने भएकाले प्राधिकरणले अरु नै कोषमा रहेको रकम सरकारलाई दिने तयारी थालेको प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved