राष्ट्रिय औद्योगिक सर्वेक्षण पुनःशुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 08:40:43 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनका कारण प्रभावित भएको छैटौँ राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ पुनःशुरु हुनेभएको छ । हरेक १०९१० वर्षमा हुने औद्योगिक सर्वेक्षणअन्तर्गत मकवानपुर र धादिङमा यही मङ्सिर २१ गतेदेखि सर्वेक्षण प्रारम्भ गरिने तथ्याङ्क कार्यालय, मकवानपुरले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभाग, थापाथलीबाट स्वीकृत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेदेखि शुरु सर्वेक्षण कोभिड–१९ को महामारी नियन्त्रण गर्न नेपाल सरकारद्वारा घोषित बन्दाबन्दी तथा निषेधाज्ञा आादिका कारण स्थगित भएको थियो । “लामो समयदेखि स्थगित रहेको सर्वेक्षण विभागीय निर्णय र आदेशानुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुनःशुरु गर्न लागेका छौँ”, तथ्याङ्क अधिकृत राजेश दासले भने । दासका अनुसार अब गरिने सर्वेक्षणमा कोभिड–१९ को प्रभावसम्बन्धी प्रश्नावली र मुख्य प्रश्नावली गरी दुई फाराम प्रयोग गरिनेछ ।

सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुरको कार्यक्षेत्रमा पर्ने मकवानपुरका ३४० र धादिङका २१७ वटा प्रतिष्ठान रहेकामा बन्दाबन्दीअघिसम्म दुवै जिल्लामा गरी जम्मा १४० वटा प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भएको थियो । अब बाँकी रहेका ४१७ वटा प्रतिष्ठानमा तथ्याङ्क सङ्कलन गरिनेछ । यस सर्वेक्षणमा कार्यालयका कर्मचारीका साथै मकवानपुर र धादिङमा करारमा गणक नियुक्त गरी परिचालित हुने कार्यालयका खरिदार गोपाल ढोडारीले जानकारी दिए ।

औद्योगिक सर्वेक्षण यसअघि विसं २०६६ मा ५औँ पटक सम्पन्न भइसकेको छ । राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारी सिर्जना जस्ता विविध पक्षलाई मध्यनजर गरी सर्वेक्षण सञ्चालन हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved