कारियाली राजदूतसँग परिसंघले भन्यो, ‘लगानी र प्रविधि भित्र्याउन सहयोग गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 05:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि कोरियाली राजदूत छङ सक पार्कले नेपालमा कोरियाबाट लगानी भित्र्याउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको अन्तरक्रियामा राजदूत पार्कले नेपालको पर्यटन, जलविद्युत र पूर्वाधारको क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्ताहरुलाई आफूले प्रेरित गर्ने बताएका हुन् । 

राजदूत पार्कले कोरियामा आयोजना हुने ब्यापार मेला तथा सम्मेलनमा सहभागी हुने नेपालीहरुका लागि आफूले सहजिकरण गरिदिने पनि बचन दिएका छन् । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशीक लगानीका लागि अवसर, सुरक्षित र उच्च प्रतिफलमूलक रहेको बताउँदै लगानी भित्र्याउनका लागि परिसंघ सहजिकरणका लागि तयार रहेको बताएका छन् । अध्यक्ष मोरले कोरियाली पूँजि र प्रविधि नेपाल भित्र्याउनेतर्फ सहयोगका लागि राजदूतसँग आग्रह गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved