खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 10:04:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा बृद्धि भएको छ । तीन महिना अघिको तुलनमा हाल तोरिको तेलमा प्रति लिटर ४० रुपैयाँ भन्दा बढी मूल्य बढेको छ । 

व्यापारीले आफूशुखी खाने तेलको मूल्य बढाएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुई उद्योगलाई कारवाही गरेको छ । विभागले उत्पादन लागतको अनुपातमा बढि मूल्य लिएको भन्दै बारामा सञ्चालित दुई तेल उद्योगलाई कारवाही स्वरुप तीन/तीन लाख जरिवाना गरेको हो । 

अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालि लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईले जानकारी दिए ।  उनका अनुसार अस्वभाविक रुपमा बढाइएको मूल्यबृद्धि सच्याउन समेत उक्त उद्योगलाई निर्देशन दिईएको छ । निर्देशनका पालना नगरेकाे पाइएमा प्रचलित कानून अनुसार कारवाही हुने विभागले जनाएकाे छ । 

मूल्य विश्लेषण गर्दा अस्वाभाविक मूल्य बढेको फेला परेपछि कारबाही गरिएको विभागले जानकारी दिएको छ । उद्योगले लागत मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउँने व्यवस्था रहेको छ । 

तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल पनि लिटरमा ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved