कोरोनाका कारण उद्योगहरुको क्षमतामा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 04:14:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण उद्योगहरुको उत्पादन क्षमतामा गिरावट आएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले गरेको अध्ययनले देखाएको छ ।मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशतको उत्पादन क्षमतामा गिरावट आएको छ ।

सर्वेक्षणमा सहभागी उद्योगहरुमध्ये ३२ दशमलव ४३ प्रतिशत उद्योगहरुको ७५ प्रतिशत सम्म उत्पादन गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, अध्यनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगहरुले कोभिड–१९ महामारीका कारण आफ्नो उत्पादनमा असर पारेको बताएका छन् । 

उक्त अध्ययन अनुसार ७६ दशमलव ४७ प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाई हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको तथा ८८ दशमवल २४ प्रतिशत लघु तथा घरेलु उद्योगहरुले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका छन् । 

सना उद्योगका हकमा सहभागी उद्योग व्यवसायीहरुमध्ये ८७ दशमलव ५ प्रतिशत उद्योगहरुले उत्पादनमै प्रत्यक्ष असर परेको बताएका छन् भने ७५ प्रतिशत साना उद्योगहरुले उद्योगको लागी कच्चा पदार्थ प्राप्त गर्न कठिनाई भएको प्रतिकृया दिएका छन् । ८७ दशमलव ५ प्रतिशत उद्योगहरुले श्रमीकहरुको परिचालन र उत्पादनको कजारीकरणमा असर परेको बताएका छन् । 

अध्ययनमा गरगहना, रंगरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलुविद्युत उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्श लगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्ययनमा लघु उद्यम तथा घरेलु उद्योग १७, साना उद्योग ८, मझौला ४ र ठूला ८ उद्योग गरी ३७ उद्योगहरूलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved