प्रधानमन्त्रीको दाबी, ‘अर्को वर्षको आर्थिक वृद्धि १० प्रतिशत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 12:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकले बढ्ने बताएका छन् । सोमबार सरकाको तीन वर्षको प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने आर्थिक वृद्धि अर्को वर्ष १० प्रतिशत पुग्ने दाबी गरेका हुन् । 

‘तीन वर्षको औसत आर्थिक वृद्धि साढे ५ प्रतिशत रह्यो’ प्रधानमन्त्रीले भने, ‘अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ ।’

आफूले सरकार सम्हालेको एक वर्षमै अर्थतन्त्रले लय समातेको दाबी गर्दै ओलीले भने, ‘सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो, एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो । ७ वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved