तेल पछि चामलको मूल्य बढाउदै व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 09:51:47 AM मा प्रकाशित

laxmi  sunrise bank

खाने तेलको मूल्य बढाएका व्यवसायीहरुले चामलको समेत मूल्य बढाएका छन् । तेलको मूल्य लिटरमा नै ५० रुपैयाँभन्दा बढी बढाएका व्यवसायीहरुले चामलको मूल्य एक सयसम्म बढाएका छन् । 

चामलको मूल्य बढेको गुनासोपछि बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चामल केन्द्रीत बजार अनुगमन गरेको छ । उपभोक्ताको गुनासोपछि विभागले पहिलो चरणमा भारतबाट चामल ल्याएर नेपालमा प्याकिङ गरेर बिक्री गर्ने व्यवसायीहरुलाई निगरानी बढाएको जनाएको छ । 

विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्र चामलको मुल्य बढाएका व्यवसायीहरुसँग खरिद बिल मगाईएको बताउँछन् । ‘गत एक महिनामा बजारमा एक बोरा चामलको मूल्य एक सयसम्म बढेको पाइएको छ । व्यवसायीले आफुखुशी बढाएका हुन की तेस्रो देशबाट आयात हुँदा नै महङ्गो भएको बुज्न हामीले खरिद बिल मगाएका हौँ’, उनले भने, ‘व्यवसायीले दिएको बिलको आधारमा हामीले थप अध्ययन गछौँ ।’ 

यता खुला व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ भने हाल चामलको मूल्य नबढेको बताउँछन् । उनका अनुसार एक डेढ महिना अघि प्रति बोरा एम सय रुपैयाँसम्म चामलको मूल्यमा बृद्धि भएपनि हाल मूल्य बढेको छैन । 

‘भारतबाट नै महङ्गोमा आयात गर्दा चामलको मूल्यमा बृद्धि भएको थियो । नेपालको उत्पादनले पुग्दैन, धान थन्काउँने समयमा नै एक बोरामा एक सयसम्म मूल्य बृद्धि भएको हो’, उनले भने, ‘यस वर्ष भारतले समेत भेतनामबाट चामल आयात गर्दा महङ्गो भएको भन्दै भूल्य बढाउँदा नेपालमा मूल्य बढेको हो ।’

बजारमा खाने तेलको मूल्य ५० रुपैयाँसम्मले बढेको छ । तेल उद्योग र व्यवसायीले कार्टेलिङ गरेर अस्वाभाविक रूपमा मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको हो । एक महिनाअघि १६० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर लिटरमा २१० रुपैयाँ पुगेको छ । तेलको कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved