सात महिनामा आठ खर्बको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 02:56:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको प्रभाव कम हुँदै जादा विदेशी वस्तुको आयातमा बृद्धि भएको छ । काेराेना महामारीका कारण न्युन मात्रामा विदेशी वस्तुकाे आयात हुने गरेकाेमा माघ महिनामा हालसम्मकै देशी आयात भएकाे छ । 

भन्सार विभागले सार्वजनिक गरेकाे तथ्या‌क अनुसार माघ महिनामा मात्रै १ खर्ब ४२ अर्ब ३९ करोड बढीको आयात भएको हो । गत आवकाे साेही अवधिकाे तुलनामा यस वर्ष ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा १ खर्ब आठ अर्ब ९० करोडको आयात भएको थियाे । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना महामारी सुरु हुन अगाडीकै अवस्थामा विदेशी वस्तुको आयात भएको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनाको तथ्यांक अनुसार ८ खर्ब ३ अर्ब ६४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत वर्षको सोही अबधिका तुलनामा ०.०१ प्रतिशतले बढी हो । गत आवको सोही अबधिमा ८ खर्ब ३ अर्ब ६० करोड बढीको आयात भएको थियो । 

यस्तै सात महिनाको अबधिमा ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । गत आवमा सोही अबधिमा ६४ अर्ब  ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।  

सात महिनामा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ । अघिल्लो आबको यसै अबधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved