सिंहदरबारभित्रै म्याद सकिएका खानेकुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 03:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालीत क्यान्टीनहरुमा नै म्याद सकिएका खाद्य सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार गरेको अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्री बिक्री गरेको पाइएको हो । 

शुक्रबार विभागले केन्द्रीय क्यान्टीन, अर्थ र उद्योग मन्त्रालय परिसरमा सञ्चालीत क्यान्टीनको अनुगमन गरेको थियो । अनुगमनका क्रममा तीन क्यान्टीनले म्याद सकिएका खाद्य सामग्रीको बिक्री वितरण गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । 

उनका अनुसार अनुगमनका क्रममा खरिद तथा बिक्री बिल दिन नसकेपछि केन्द्रीय क्याटीनलाई कारवाही स्वरुप जरिवाना गरिएको छ । कन्चन चमेना गृहका नाममा सञ्चालीत उक्त क्यान्टीनले विभागको अनुगमन टोलीले मागेको कागजात देखाउँन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । यसैगरी, अनुगमनका क्रममा उक्त क्यान्टीनको किचनमा फोहोर देखिएपछि सफाई गर्ने समेत निर्देशन दिईएको छ । 

अर्थ मन्त्रालय परिसरमा रहेको म्यानेजमेन्ट सर्भिस नाम रहेको क्यान्टीन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गोसाइकुण्ड भोजनालयका रुपमा सञ्चालीत दुई क्यान्टीनले म्याद सकिएको खाद्य सामग्रीको बिक्री वितरण गरेको पाईएको छ । 

अर्थ मन्त्रालयमा सञ्चालीन क्यान्टीनले परौठा र उद्योग मन्त्रालयमा सञ्चालीत क्यान्टीनले म्याद सकिएका पेय पदार्थको नष्ठ गरिएको छ । बाहिरबाट प्याकिङ गरेर ल्याईएको ४ सय ५० रुपैयाँ बराबरको परौठाको म्याद सकिएको भेटिएपछि नष्ठ गरीएको छ । 

उद्योग मन्त्रालय परिसरमा सञ्चालीत क्यान्टीनमा भेटिएका २ हजार ६९५ रुपैयाँ बराबरको म्याद समाप्त भएको पानी र पेय पदार्थ नष्ठ गरिएको छ । यसैगरी, उक्त क्यान्टीनमा प्रमाणीकरण नै नभएको तराजु राखिएको पाएपछि विभागले प्रमाणीकरण गरी आवश्यक कागजपत्र विभागमा बुझाउँन निर्देशन दिएको छ । 

तीन वटै क्यान्टीनलाई आवश्यक काजगपत्र सहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिईएको सेढाईले जानकारी दिए । 

विभागले बन्दाबन्दी अघि समेत अर्थ मन्त्रालयमा सञ्चालीत म्यानेजमेन्ट सर्भिस नामक उक्त क्यान्टीनमा म्याद सकिएका खाद्य सामग्री भेटिएपछि ५० हजार नगद जरिवाना गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved