नेपालमा १४८ देशबाट ८ खर्ब बढीको बिदेशी बस्तुको आयात, भारतको हिस्सा ठुलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 05:46:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको सात महिनाको अबधिमा नेपालले छिमेकी देश भारतबाट ५ खर्ब बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । 

तथ्यांक अनुसार ७ महिनाको अवधिमा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस्तै उक्त अबधिमा ४९ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात भएको छ । यसले भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड देखिएको छ ।

गत पुस महिनामा ४ खर्ब ३८ अर्ब ८२ करोड बराबरको आयात भएकोमा ४३ अर्ब ५२ करोड ७० हजार बराबरको निर्यात भएको छ । गत पुस महिनासम्म ३ खर्ब ९५ अर्ब ३० करोड बढी व्यापार घाटा रहेको थियो । 

यस्तैगरी दोस्रो छिमेकी देशको रुपमा रहेको चीनबाट सात महिनाको अबधिमा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । उक्त अबधिमा नेपालबाट ५५ करोड ७१ लाख बराबरको वस्तु निर्यात भएको छ । आयातको तुलनामा निर्यात न्यून रहँदा चीनसँग १ खर्ब १५ अर्ब  ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । 

यसैगरी संयुक्त राज्य अमेरिकाबाट ९ अर्ब ४५ करोड रुपैयाँको आयात हुँदा नेपालबाट ७ अर्ब ७१ करोड बढीको निर्यात भएको छ । उक्त देशमा एक अर्ब ४३ करोड ३४ लाख बढीको व्यापार घाटा रहेको छ । 

नेपालमा विभिन्न १ सय ४८ देशबाट विदेशी वस्तुको आयात भएको छ । सात महिनाको अबधिमा उक्त देशबाट ८ खर्ब ३ अर्ब ६४ करोड बढीको आयात भएको छ भने ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved