युवा परिषद्को सहजिकरणमा चाँगुनारायणका ३ सय युवाले विना ब्याजमा ३ लाख ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 06:34:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंकको आयोजनामा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सुरु भएको छ । ७ दिनसम्म चल्ने तालिममा १० समुहमा ३७० जनालाई प्रशिक्षण गराईनेछ । 

मंगलबार तालिमको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई कार्यान्वयन गर्न परिषद्ले युवा र बैंकलाई जोड्ने बताए । बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्ने उपाध्यक्ष ढुंगेलको भनाई छ । नेपाल बैंकमन डेपुटी सीईओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आएपछि बैंकले युवाहरुलाई उद्यमी बनाउन लगानी गर्ने बताए । 

तालिम पश्चात् नेपाल बैंकले ३ सय जनालाई बिना ब्याजमा ऋण दिनेछ । यसका लागि बिजनेश प्रपोजल आवश्यक पर्नेछ भने चाँगुनारायण नगरपालिका जमानी बस्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved