‘क्लिन फिड टि.भी.मा मात्रै होइन, अनलाइन मिडियामा पनि लागू हुन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 02:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अनलाइन सञ्चार माध्यममा पनि क्लिन फिड लागू हुने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्शन)को प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा अध्यक्ष हुमागाईँले क्लिन फिड टेलिभिजनका लागि मात्रै हो भनेर नबुझ्न आग्रह गर्दै सोसियल मिडिया र अनलाइन सञ्चार माध्यमका लागि पनि क्लिन फिड लागू हुने बताएका छन् ।

‘विज्ञापन बजारको साइज बढाउने कुरामा सोसियल मिडियामा गएको ठूलो पैसा नियमन गर्नुपर्ने काम बाँकी छ । यो ठूलो उद्योग हुँदा पनि सरकारको ध्यान यसतर्फ पुगेको छैन’ उनले भने, ‘यसलाई गम्भीररुपमा लिएर सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको कारोबारलाई कानुनी दायरामा ल्याउन पहल भईरहेको छ ।’

क्लिन फिडको नीतिको मस्यौदा तयार गर्ने मानिस नभएपछि आफूलाई बोलाएर सहयोग गर्नुपर्यो भनेपछि आफूले नै मस्यौदा बनाएको उनको भनाई छ । पब्लिक सर्भिस ब्रोकाष्टिङमा र विज्ञापनको विषयमा निजी क्षेत्रको ठूलो दबाब भएकाले पनि ऐन छिटो बनेको अध्यक्षको बुझाई छ । 

‘म तपाईहरुलाई एउटा घट्ना सम्झाउछु, दिल्ली सफाई अभियान र नरेन्द्र मोदीले चलाएको बैंकमा खाता खोलौं भन्ने अभियान हाम्रोमा बज्याबज्यै गर्ने तर हामी केही भन्न नसक्ने भएपछि अति भयो भनेर हामीले यो नीति ल्याएका थियौं’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved