खोपमाथि लगानी गर्न अर्थविदको सुझाव, अर्थतन्त्र सुचारु गर्न व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 05:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद तथा उद्योगी व्यवसायीले तत्काल खोपमा जोड दिई अर्थतन्त्र सुचारु गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताउँदै उनीहरुले तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

मिडिया इन्टरनेसनलले बिहिबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भन्दै उद्योग व्यवसाय संचालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर नपर्न र जुनसुकै देशबाट खोप ल्याएर अहिले खोपमाथि लगानी गर्र्नुपर्ने उनिहरुको भनाई छ । 

कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाल लगायतका अन्य दक्षिण एसियाली देशहरुमा कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको बताए । दक्षिण एसियाको अर्थतन्त्र उठ्न केहि समय लाग्ने उनले बताए । जुन देशले उद्योग क्षेत्रलाई प्राथमिकता दियो त्यो देश अगाडि बढेको र महामारी धक्काबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको उनको भनाई छ । 

अन्य देशको अनुभवबाट नेपालले सिक्नुपर्ने अर्थविद् थापाले बताउँछन् । अहिले कोरोनाको समयमा नेपालको अर्थतन्त्रलाई वैदेशिक रोजगारीले धानेको र कोरोना महामारीले नेपालमा २७ लाख नेपाली नागरिक बेरोजगार बनेकोे उनको भनाई छ । 

अर्थविद् थापाले सरकारको खर्च हुन नसकेको ३ सय ४५ अरव रकम नेपाल राष्ट्र बैंकमा रहेको भन्दै यसबाट कोरोना नियन्त्रणका लागि प्रयोग गर्न सकिने बताए । अब आउन लागेको अर्थनीतिमा स्वास्थ्य सुरक्षा, अर्थतन्त्रलाई कसरी बलियो कृषि र उद्योगलाई जोड्ने भन्नेमा ध्यान दिनुपर्ने उनको धारणा छ । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट फेरि एक वर्षका लागि  कर्जाको समय अवधि थप्नुपर्ने अर्थविद् थापाले बताए । उनले भने, ‘राष्ट्र बैंकले कुन क्षेत्रमा कर्जा दिने,  प्राथमिक क्षेत्रबाट अन्य क्षेत्रलाई पनि सहज रुपले कर्जाको विस्तार गर्नुपर्छ ।’

कार्यक्रममा वरिष्ठ व्यवसायी एवं चेम्बर अफ कमर्शका उद्योग समिति सभापति भिमलाल पौडेलले कोरोनाका कारण चीनबाट सामानहरु ल्याउन डेढ वर्षदेखि बन्द रहेको बताए । उनले अहिले केहि उद्योगहरु सञ्चालन रहेपनि कच्चा पदार्थका कारण बन्द भएको बताए । ‘कोरोनाका कारण जब बजार नै बन्द छ, देश नै ठप्प छ भने उद्योगका लागि कच्चा पदार्थ कहाँबाट पाउनु ।’ व्यवसायी पौडेलल भने ‘उद्योगीहरुलाई बैंकको व्याज र स्टाप, मजदुरलाई पेमेन्ट गर्नुपर्ने हुँदा अहिले उद्योहरुको अवस्था भयावह अवस्थामा पुगेको छ । ’ 

विभिन्न सेक्टरमा बैंकसम्म लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केहि कर्मचारीलाई पेमेन्ट गर्ने अवस्था रहेको व्यवसायी पौडेलले बताए । सरकारले उद्योगी, व्यवसायीका समस्या कसरी समाधान गर्ने, कसरी राहत पु¥याउने भन्नेमा जोड दिनुपर्ने उनको भनाई छ । उनले खोपको व्यबस्थापन छिटो गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । 

पुर्व मन्त्री एवं फरवड माइक्रो फाइनान्सका अध्यक्ष भगवति चौधरीले कोरोनाका कारण माइक्रो फाइनान्सदेखि सबै क्षेत्रहरु धरासायी भएको बताए । सरकारले क्राइसिसको बेला सबै सेक्टरलाई समेट्नपर्ने उनको भनाइ छ । उनले लघुवित्तहरुले संयमता अपनाएको र बन्दका बेला लघुवित्तले सदस्यहरुलाई राहात उपलव्ध गराएको उल्लेख गर्दै लघुवित्तका बारे नाजाएज र नकारात्मक धारणको अन्त्य गर्न सबैलाई आग्रह गरे । फरबार्ड माइक्रो फाइनान्सले विभिन्न अस्पतालहरुलाई सहयोग गरेको उल्लेख गर्दै सबैजसो लघुवित्तले सहयोग माग्नुको साटो यो समयमा धैर्यताका साथ काम गरेको र थोरैधेरै सहयोग गरेको बताए ।  

कार्यक्रममा बरिष्ठ व्यवसायी एंव हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष  नयनबहादुर पण्डीत क्षेत्रीले कोरोना महामारीका कारण थुप्रै व्यवसाय धरासायी अवस्थामा पुग्न लागेको भन्दै वैकल्पीक व्यवस्थाबाट व्यवसाय संचालन गरी अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । उनले व्यवसायीहरुलाई सामान आयात र निर्यातमा सहजिकरण गर्न माग गर्दै उनले सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन मात्रै नगरेर अर्थतन्त्र चलायमानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले कोरोनाका कारण सुन व्यवसाय बन्द भएको र यसको आयात निर्यात नै ठप्प भएको बताए ।  उनले भने, ‘अहिले सुनको आयत पनि बन्द भएको अवस्था छ । निर्यात पनि कम मात्र भएको छ ।’ लकडाउनले मात्र कोभिडबाट बचाउन नसक्ने भन्दै गुप्ताले सरकारले लकडाउन खोलेर व्यापार व्यवसाय सुचारु गर्न दिनुपर्ने बताए । त्यस्तै मेकअप तथा व्यूटी प्याजनका व्यवसायी टेकराज पाण्डेले कोरोनाका कारण विउटी सैलुङ क्षेत्रमा बढी प्रभाव पारेको बताए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved