अबको ३७ दिन भित्र १ खर्ब आन्तरिक ऋण उठाउदै ओली सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 10:09:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको अन्त्य हुन लाग्दा सरकारले १ खर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । सरकारले अबको ३७ दिन भित्र १ खर्ब १२ अर्ब बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।

नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण ब्यवस्थापन विभागले आर्थिक वर्ष २०७७÷७८ को तेश्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको बोलकबोल तालिका प्रकाशन गरेको छ। जसमा जेठ १० देखि असार असार १५ गतेसम्म १ खर्ब १२ अर्ब बराबरको आन्तरिक ऋण उठाइने उल्लेख छ । नेपाल सरकारको लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण लिने गरेको छ ।  राष्ट्र बैंकले आन्तरिक ऋणको लागि विभिन्न उपकरणहरु प्रयोग गर्छ । 

जस अनुसार ६९ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल मार्फत, ४० अर्बको विकास ऋण पत्र मार्फत , २ अर्बको नागरिक बचतपत्र मार्फत , र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेर ऋण उठाइने छ । 

किन उठाइन्छ आन्तरिक ऋण ?

मुलुकको दैनिक प्रशासन सञ्चालनको साथै सामाजिक तथा आर्थिक विकासका लागि आवश्यक पर्ने पुँजीको मुख्य स्रोत राजस्व, भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, आयकर आदि हो । आन्तरिक राजस्व र वैदेशिक अनुदानबाट आवश्यक स्रोत उपलव्ध नभएको अवस्थामा राष्ट्रले सार्वजनिक ऋणको माध्यमबाट पुँजी  संकलन गर्दछ । ऋणको स्रोत आन्तरिक एवं वैदेशिक दुवै हुने गरेको छ । सार्वजनिकक ऋण व्यवस्थापन सरकारको वित्तीय व्यवस्थापनको महत्वपूर्ण अङ्गको रुपमा विकास हुँदै आएको र यसलाई  सरकारको घाटा बजेट पूर्ति गर्ने उपकरणको रुपमा लिइन्छ । समग्रमा आन्तरिक र बाह्य ऋणको व्यवस्थापनलाई सार्वजनिक ऋण व्यवस्थापन भनिन्छ ।

नेपालमा आन्तरिक ऋणको पृष्ठभूमि हेर्द २०१८ सालमा एक प्रतिशत व्याज दरमा ७० लाख बराबरको अङ्कित मूल्यमा निष्काशन गरेको तीन महिने विनिमयपत्र ट्रेजरी बिल नै सुरुको ऋण थियो । हाल विकास ऋणपत्र, राष्ट्रिय  वचतपत्र, विनिमयपत्र ट्रेजरी बिल, प्रतिज्ञापत्र प्रमिसरी नोट्स,  विशेष ऋण पत्र र नागरिक वचतपत्र आदि ऋणपत्र निष्कासन गरी राष्ट्र ऋण संकलन हुने गरेको देखिन्छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved